विराटनगरलाई हरियाली बनाउने अभियान सुरु

 

जेठ ३२, विराटनगर । चौतर्फी एकसाथ भइरहेको विकास निर्माणको कामले विराटनगर धुलाम्मे बनेको छ । धुवाँ, धुलोले आजित विराटनगरको पुष्पलालचोकबासीले भने आप्mनो चोकलाई हरियाली बनाउने अभियान सुरु गरेका छन् । 

नगरक्षेत्रको उत्तरी सिमानामा रहेको उक्त चोकलाई हराभरा, स्वच्छ र सुन्दर बनाउन वृक्षारोपण अभियान सुरु गरिएको हो । बृक्षारोपणसँगै चोकबासीले सरसफाईका साथै चोकस्थित संरचनालाई रंगरोगन गरेर आकर्षक बनाउन थालेका हुन् । 

null

सो स्थानमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितिमा स्थानीयले आज बिभिन्न प्रजातिका ३६ वटा रुखबिरुवा रोपेर अभियान सुरु गरेका छन् । 

चोकको तीनतर्फ स्वामीको रुख रुख रोपिएको छ भने सडककोबीचमा रहेका डिभाइडरमा अशोक र विभिन्न प्रजातिका फुलका बिरुवाहरु रोपिएका छन् । 

चोकलाई स्वच्छ र हराभरा बनाउन स्थानिय युवाहरु लागि परेको परिवर्तनकालागि हातेमालोका अध्यक्ष विनोद परियारले जानकारी दिए । 

कार्यक्रममा मेयर पराजुलीले विराटनगरलाई स्वच्छ र हराभरा बनाउन महानगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए । उनले नगरक्षेत्रको विभिन्न ३४ वटा चोकलाई वाइफाई जोन बनाउन लागिएको समेत बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *