सरकारी मुद्दामा ७२ प्रतिशत सफलताः महान्याधिवक्ता खरेल

 

जेठ ३१, काठमाडौं । महान्याधिवक्ता अग्नि खरेलले सरकारी मुद्दामा ७२ प्रतिशत सफलता मिलेको बताएका छन् । 

शुक्रबार राजधानीको बसुन्धरामा आयोजित ३ नम्बर प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मलेनमा बोल्दै महान्याधिवक्ता खरेलले सो कुरा बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘सरकारी मुद्दामा ७२ दशमलव २८ प्रतिशत सफलता मिलेको छ । यो अहिलेसम्मकै बढी हो ।’ 

अपराध अनुसन्धान र अभियोजनालाई वैज्ञानिक र वस्तुगत प्रमाणमा आधारित बनाउन अझै जोड दिनुपर्ने उनको भनाइ छ । 

महान्याधिवक्ता खरेलले सरकारी वकिल र अनुसन्धानकर्ता प्रहरीबीच भएका केही कमीकमजोरी भएको पनि स्पष्ट पारे । कानुनले बाटो दिँदादिँदै पनि सामान्य प्रकृतिका जरिवाना मात्रै हुने कसुरको अनुसन्धानमा प्रतिवादीलाई धरौटी वा तारेख वा जमानतमा राख्ने व्यवस्था हुँदैहुँदै पनि थुनामा राख्ने प्रचलन देखिएको उनले बताए । 

सामान्य तारेखमा रिहा हुने व्यक्तिलाई थुनामा राखेर अनुसन्धान गर्न नहुने उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *