मर्जरका लागि तयार रहन लघुवित्तहरुलाई राष्ट्र बैंकको आग्रह

 

जेठ ३१, काठमाडाैं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ । 

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएका हुन् । 

null

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएकाले सुरु गरिएको पनि स्पष्ट पारे । 

गभर्नर नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे। ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरु पुगिसकेको र बाँकी स्थानीय तहमा पनि यही असारभित्र बैंक तथा वित्तीय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ । 

कार्यक्रममा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशीले लघुवित्त संस्थाहरुलाई पनि मर्जर गर्ने नेपाल राष्ट्र बैंकको कामप्रति पूर्ण समर्थन रहेको बताए । 

समस्यामा परिरहेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर अभियानले ठूलो राहत दिएको उनको भनाइ छ । अध्यक्ष जोशीले लघुवित्त संस्थाहरुलाई कृषिकर्जा प्रवाह गर्न नदिने निर्णय नेपाल राष्ट्र बैंकले गरेकोमा भने दुःख व्यक्त गरे । 

नेपालमा चालू आवको चैत मसान्तमा २८ वाणिज्य बैंक, ३२ विकास बैंक, २४ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन्। पछिल्लो समय राष्ट्र बैंकले मर्जर र बिग मर्जरलाई प्राथमिकतामा राख्दै आएको छ भने सरकारले बजेटमै बिग मर्जरलाई जोड दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *