प्रधानमन्त्री ओलीले फ्रान्समा केवलकार चढेर हिमाली क्षेत्रको मज्जा लिए, उपहार पाए आइस एक्स

 

जेठ ३२, फ्रन्स । नौं दिनको भ्रमणको तालिका बनाएर हाल बेलायतबाट फ्रान्स पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केवलकार चढेर हिमाली क्षेत्रको अवलोकन गरेका छन् । 

प्रम ओली सहितको नेपाली टोलीले शुक्रबार केवलकार चढेर फ्रान्स, स्वीटजरल्याण्ड र इटालीको सीमानामा अवस्थित शामोनी हिमवत क्षेत्रको दृश्य अवलोकन गरेका हुन् । 

null

इटाली र स्वीट्जरल्याण्डको बीचमा पर्ने शामोनी शहर फ्रान्स युरोपको सबै भन्दा ठूलो हिमाली फेदी हो । 

हिउँमा खेलिने सम्पूर्ण भौतिक साम्रगी समेत उपलब्ध भएको यस हिमाली क्षेत्रमा पर्यटकहरुलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने उदाहरण शामोनीमा देख्न पाईन्छ । 

पर्वत आरोहणमा जाने शेर्पाहरु यहाँ पुगेर स्की सिकेर नेपाल फर्कने गरेको र अहिले सम्म करिब ३ सय नेपाली गाइडहरुले यहाँ तालिम लिइसकेको फ्रान्स निवासी निर्मल अर्याल बताउँछन् । 

त्यसैगरी पर्वतारोहण गतिविधिका लागि प्रशिद्ध फ्रान्सको हिमाली क्षेत्र शामोनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले नेपाल र फ्रान्सबीचको सांस्कृतिक सम्बन्धको बारेमा बताउँदै हिमाल आरोहण गर्ने फ्रान्सेली नागरिकहरुप्रति आभार समेत व्यक्त गरेका थिए । 

उक्त कार्यक्रममा प्रप्रम ओलीलाई शामोनीका मेयर एरिक फुर्नियले त्यही बनाईएको आइस एक्स उपहार स्वरुप प्रदान गरेका थिए । प्रम ओली आफ्नो नौं दिने भ्रमण सकाएर असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *