‘सरकारले मधेसीको मुद्दा सुनेन, अब हामी पनि रोस्टम घेर्छौँ’

 

असार ४, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मणलाल कर्णले सरकारले आफ्नो पार्टीले उठाएका मागहरुको बेवास्ता गरेको आरोप लगाएका छन् । 

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कर्णले सरकारले आफूले उठाएका मुद्दाहरुलाई नसुनेझैँ गरेको आरोप लगाएका हुन् । 

null

संसदमा उनले भने, ‘सरकार आफैँले रोष्ट्रम घेरेपछि मात्रै बोल्ने सिस्टम बसाएको छ । यसै किसिमबाट जाने हो भने संसद अवरोध हुन्छ । हामी रोस्ट्रम घेर्न डराएका होइनौं। संख्यामा कमि होला तर यो परम्परा नबसोस् भन्ने हाम्रो चाहना हो। तर अब हामी पनि रोष्टम घेर्छौँ । र जेजे गर्नुपर्ने हामी यहा सुरु गर्छौँ ।’ 

उनले चौँथो मधेश आन्दोलन गर्नुपर्ने अवस्था सरकारले सिर्जना गर्न लागेको पनि आरोप लगाए । 

उनले आफुहरुले संविधान संशोधनको मुद्दा उठाउदा मधेसी जनजातीमाथि तरवार चलाएको भन्दै त्यसको उदाहरण लोकसेवा आयोगले कर्मचारी भर्नाका लागि ल्याएको विज्ञापन भएको बताए । 

उनले माइतीघर मण्डलामा मात्रै नभएर मधेसमा पनि लोकसेवाको विज्ञापन जलेको भन्दै फेरि मधेस आन्दोलन हुनसक्ने चेतावनी दिँदै भने, ‘मन्त्रीले समितिको धज्जी उडाए । तर सत्तापक्ष पनि लोकसेवाको विधेयक खारेजीको माग गरेर सडकमा उत्रिएका छन्। मन्त्रिपरिषद्‌मा बसेर निर्णय गर्नेहरु नै किन विरोधमा छन् ?’ 

राजपा नेता कर्णले सरकार र सडक दुवै सत्ता पक्षले कब्जा गरेको पनि आरोप लगाए। लोक सेवा आयोगको विज्ञापनका विषयमा कुरा उठाउँदै उनले भने, ‘संयोगले माइतीघर मण्डलामा गएको थिएँ। त्यहाँ सत्तापक्षका माननीयज्यू विज्ञापन खारेज गर् भनिराखेका थिए। सडक पनि सत्ताको, राज्य पनि सत्ताको, प्रतिपक्षी कहाँ जाने ?’ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *