दमकमा कपडा पसल आगलागी हुँदा पाँच करोड क्षति

 

तस्बिर फाईल 

असार ६, दमक । बिहिबार राती करिब १२ बजेको समयमा दमकको एक कपडा पसलमा आगलागी भएको छ । 

null

घटनामा कुनै मानविय क्षती भने नभएको प्रहरीले जानकारी दिएका छन् । दमक वडा नं ७ पशुहाटमामा अवस्थित बिएण्डबी सप्लायर्स होलसेल पसलमा आगलागी हुँदा करिब ५ करोडको धनसम्पत्ती जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । 

आगलागीमा उक्त पसलमा रहेका कपडा, एसी, इलेक्ट्रोनिक्स लगायतका सामान जलेर नष्ट भई ५ करोड बराबरको धनसम्पत्तीको क्षती भएको हो । 

कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आईरहेको उक्त कपडा पसल विद्युत् चुहावटका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । 

तथापी लागलागी के कारणले भएको हो खुल्न नसकिएको र घटनाबारे छानबिन भईरहेको प्रहरीले जनाकारी दिएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *