भरतपुर महानगरद्वारा गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ६ करोड बढी विनियाेजन

 

असार १०, चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेसनको पहलमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्टयाएको छ । 

महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँच/पाँच लाख गरी ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो । 

null

यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो । 

चितवनको भरतपुर महानगरले मंगलबार आर्थिक २०७६/०७७ को लागि झन्डै ३ अर्बको बजेट प्रस्तुत गरेको छ । 

उपप्रमुख पार्बती शाहले आगामी आर्थिक बर्षका लागि रु ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँ बजेट ल्याउन लागिएको जानकारी गराइन् । 

यसका लागि आन्तरिक आय ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ४२ करोड ५५ लाख ४६ हजार, केन्द्र तथा प्रदेश सरकार बाट ५३ करोड २५ लाख ७१ हजार, अन्यवाट रु १ करोड ५० लाख, जनसहभागिता बाट ३० करोड र बैंक मौज्दात ३० करोड रहने प्रक्षेपण गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *