‘गुठी विधेयक फिर्ता नलिए सरकारले ठुलो मूल्य चुकाउनुपर्छ’

 

जेठ ३२, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानसँग बाँझिने गरी ल्याइएको गुठी सम्बन्धी विधेयक तत्कालै फिर्ता गर्नुपर्ने बताएका छन् । 

जनविरोधी गुठी विधेयक र मिडिया विधेयक जबर्जस्ती संसदबाट पारित गराउन खोजिए कांग्रेसले संसद र सडकबाट शसक्त प्रतिकार गर्ने स्पष्ट पार्दै उनले तत्कालै फिर्ता नलिए सरकारले ठुलो मुल्य चुकाउनुपर्ने चेतावनी दिए । 

null

डा. कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पत्ति हरण गर्ने मनसायले यो विधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथी आक्रमण गरेको बताए । 

गुठी विधेयकको आडमा सरकारले जातिय द्धन्द निम्त्याउन खोजेको उनले आरोप लगाए । 

‘भु माफिया, मन्त्रि र कर्मचारिको मिलेमतोमा यो विधेयक ल्याइएको छ । यदि यो गुठी विधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ । धर्म संस्कृति, परम्परा र मौलिकता सबै समाप्त हुन्छ,’ डा. कोइरालाले भने, ‘त्यसकारण यो विधेयक कुनैपनि हालतमा पास हुन दिँदैनौँ । सरकारलाई यति मात्र भन्छु । बिनास काले विपरित बुद्धि ।’ 

काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम’ लाई सम्बोधन गर्दै नेता डा. कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा र आस्थाको धरोहर भएको पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *