प्राइम कमर्सियल बैंकद्वारा सहमती पत्रमा हस्ताक्षर

 

जेठ २२, काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धी आज एक समारोहकाबिच सहमतिपत्रमा हस्ताक्षर भएको छ । 

काठमाण्डौ महानगरपालिका वडा नं. २८, कमलपोखरीं स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले दमक–६, थाना रोड, झापा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति – (एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमाा हस्ताक्षर गरेको हो । 

null

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काई विकास बैंक लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले एक समारोहका बिच सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

नियमनकारी निकाय, नेपाल राष्ट्र बैंकले प्राथमिकताका साथ जोड दिइरहेका विषयहरु मर्जर र एक्विजिसन, ग्रामीण क्षेत्रमा विशेषगरी कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जनाको साथै थप सुदृढ र सवल बैंकको रुपमा मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उद्देश्यले कन्काई विकास बैंक लिमिटेडलाई एक्विजिसन गर्न सहमति जनाइएको छ । 

कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ । नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथा सम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *