न्यायिक समतिद्वारा नै अन्याय, स्थानीयले गरे गाउँपालिका घेराउ

 

असार १०, सुनसरी । न्यायिक समितिले अन्याय गरेको भन्दै सुनसरीको गढी गाउँपालिका घेराउ गरिएको छ । 

घरेलु हिंसाको शिकार भएकी सिन्की यादवलाई पटक पटक उजुरी दिँदा पनि न्याय नदिएको भन्दै स्थानीयले गढी गाउँपालिका घेराउ गरेका हुन् । 

null

सिन्की यादवको माइती गाउँ सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगम्मा हो । २२ वर्षीया सिन्कीको अढाई वर्षअघि गढी गाउँपालिका ६ का विरेन्द्र खड्कासँग मागी विवाह भएको थियो । हाल उनी माइतीमै बस्दै आएकी छिन् । 

१० लाख रकम र एक तोला सुन दाइजो लिएर बिवाह गरेका यादवले विवाहको केही दिन बित्न नपाउँदै सिन्कीमाथि घरेलु हिंसा गर्न थालेका थिए । 

आफ्नै पतिले नै अत्याचार गर्न थालेपछि माइतीमै बस्न बाध्य भएको सिन्कीले बताइन् । आफूमाथि अन्याय भएको भन्दै उनले ३ महिनाअघि गढी गाउँपालिकाको न्यायिक समितिमा उजुरी गरेकी थिइन् । उजुरी दिएको महिनौँ बितिसक्दा पनि न्याययिक समितिमा न्याय नपाएको उनको गुनासाे छ । 

‘३ महिनाअघि न्यायिक समितिमा उजुरी दिएकी थिएँ । तर महिनौँ बितिसक्दा पनि मैँले न्याय पाइनँ । न्यायिक समितिले नै न्याय नदिलाएपछि आफन्त तथा स्थानियवासीहरुसँगै गएर प्रर्दशन गर्नु परेको हो’, पीडित सिन्कीले भनिन् । 

महिलामाथि अन्याय गरेको भन्दै आक्रोशित स्थानीयले गढी गाउँपालिका अगाडि दुहबी इनरुवा सडकखण्ड करिब १ घण्टा अवरुद्ध थिए । न्यायिक समितिबाट बारम्बार ५ पटक सम्म छलफल गर्न भन्दै बोलाएपनि न्याय नदिएको उनीहरुको आरोप छ । 

बिचौलियाहरुसँग मिलेर गढी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायतहरुले ९ लाख लिएर छोडपत्र गर्न दबाब दिएको पिडित महिला र स्थानीय दिलिप यादवले दाबी गरेका छन् । 

गाउँपालिका अध्यक्ष श्री प्रसाद यादव र उपाध्यक्ष राजकुमारी चौधरीले भने आफूमाथि झुटो आरोप लगाएको दाबी गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *