‘गुठी प्रथा हलिया, कमलरी जस्तै सामन्तवादको एउटा स्वरुप हो’

 

जेठ ३०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गुठी प्रथा सामन्तवादको एउटा स्वरुप भएको बताएका छन् । 

बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्ताो बताएका हुन् । 

null

गुठी विधेयकका विषयमा पत्रकारहरुको जिज्ञासा मेटाउँदै मन्त्री बाँस्कोटाले भने, ‘केही कुरा सांस्कृतिक चिजसँग जोडिएका छन् तर गुठी सामन्ती उत्पादनसँग पनि जोडिएको छ । गुठी प्रथा बेखारी, हलिया, कमलरी जस्तै हो । यसलाई व्यवस्थित गर्नुपर्छ ।’ 

गुठीका सम्बन्धमा सांस्कृतिक पक्षमा कुनै हस्तक्षेप नगरी सुधार गर्न सरकार अघि बढेको स्पष्ट पार्दै उनले सामन्तवादको अन्त्य गर्ने कि नगर्ने ?, किसानका भूमिसँग सम्बन्धित समस्या समाधान गर्ने कि नगर्ने ? भन्दै प्रश्न गरे । 

उनले गुठीका सम्बन्धमा उपत्यका र बाहिरलाई फरक दृष्टिले हेर्नुपर्ने पनि बताए । उनले भने, ‘उपत्यकाभित्र सांस्कृतिक कुरा पनि छ तर बाहिर अर्कै छ । त्यसैले सांस्कृतिक मूल्य मर्न नदिनेगरी परिवर्तन जरुरी छ ।’ 

आमूल परिवर्तन भएन भन्ने तर परिवर्तन गर्न नदिने गरेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले यो परिवर्तन एक प्रकारको छलाङ भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *