भवनको ढलान भत्किँदा ३ को मृत्यु, ३ घाइते
जेठ ३२, दाङ । दाङमा निर्माणाधीन भवनको ढलान भत्किँदा ३ जनाको मृत्यु भएको छ भने थप ३ जना घाइते भएका छन् ।
शनिबारबार बिहान करिब २ बजेको समयमा दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको छैटौँ तलामा नयाँ ‘प्लान्ट’ निर्माणको क्रममा ढलान भत्किँदा ३ मजदूरको मृत्यु हुनुको साथै अन्य तीन मजदुर घाइते भएका हुन् ।
null
मृत्यु हुनेमा झारखण्ड निवासी ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव रहेको र यी तीनै जना भारतीय नागरिक भएको प्रहरी कार्यालय लमहीले जनाएको छ ।
त्यसैगरी उक्त दुर्घटनामा परी घाइते हुनेमा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ रहेका छन् । यी तीन घाइते मध्ये दिपेनको फलोरेन्स अस्पताल लमहीमा उपचारपछि घर फर्काइएको छ । बाँकी दुई अजय हेरेन र नरेन बोडोलाई थप उपचारको लागि बुटवल लगिएको छ ।
हाल उक्त घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् ।