आमाले विवाह गर्न अस्विकार गर्दा छोरीको अपहरण

 

जेठ २२, भारत ।  चार सन्तानकी आमालाई विवाहका लागि दबाब दिइरहेका एक व्यक्तिले महिलाकै ९ वर्षकी छोरीको अपहरण गरेका छन् । मंगलबार यो घटनाको खुलासा भएको हो । पुलिसले सय बढी सिसिटिभी फुटेज अनुसन्धान गरेपछि १२ घण्टाभित्रै अपहरणको घटना फर्दाफास भएको हो । यो घटना भारतको राजधानी दिल्लीको हो । 

भारतीय समाचार माध्यमका अनुसार जून २ तारिख (जेठ १९) दिउँसो दुई बजे बालिका घर नजिकैको पसलमा अण्डा लिन गएकी थिइन् । लामो समयपछि पनि छोरी घर नफर्केपछि आमाले खोजतलास सुरु गरिन् । कतै पनि नभेटेपछि यसबारे पुलिसलाई जानकारी दिइन् । 

null

उजुरीपछि पुलिसले वरिपरिको सिसिटिभी फुटेज अनुसन्धान गर्दा कमलेश नामका एक व्यक्तिले बालिकालाई फकाएर आफूसँगै लगेको पत्ता लाग्यो । 

स्रोतका अनुसार केही दिनअघि कमलेशलाई बालिकाकी आमाले घरको मर्मतका लागि बोलाएकी थिइन् । कमलेश दैनिक ज्यालादारी गर्ने एक मजदुर हुन् । उनी युपीमा बस्छन् । पीडित महिला चार सन्तान छन् । आरोपी कमलेशले उनकी सबैभन्दा कान्छी छोरीको अपहरण गरेका थिए । 

पक्राउ पछि आरोपीले महिलालाई विवाहको प्रस्ताव राखेको र उनले अस्विकार गरेपछि त्यसको बदला लिन उनकै छोरीको अपहरण गरेको पुलिसले जानकारी दिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *