अत्याधिक गर्मी बढेपछी विद्यालय बन्दको घोषणा
जेठ ३१ झापा । झापामा सहिनसक्नु गर्मी बढेपछी निजि विद्यालयले बन्दको घोषण गरेका छन् ।
अत्याधिक गर्मी बढेपछी झापाको अर्जुनधारामा सञ्चालित निजी विद्यालयले शुक्रबार देखि विद्यालय बन्दको घोषणा गरेको हो ।
null
तीन दिनयता आकाशबाट पानी पर्न नसक्दा झापमा विजुली नियमित नभएर पंखा चल्न नचल्दा विद्यार्थीहरु पसिना पुस्दै पढ्न बाध्य भईरहेका थिए । प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बाले बताए अनुसार मौसममा केही सुधार भएपछी विद्यालय पुनः संचालन हुने छ ।
उनले स–साना नानीहरूलाई मौसमको प्रतिकूलताका कारण नकरात्मक असर पर्ने भएका कारण विद्यालय सञ्चालकबीच बैठक बसेर विद्यालय बन्द गरिएको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ११ः४५ बजेको तापक्रम ३६.२ डिग्री सेल्सियस रहेको थियो भने दिउँसो जन बढेको अनुमान गरिएको छ । अहिले त्यहाँको तापक्रम ३८ डिग्री सेल्सियस गुगलले देखाएको छ ।