सर्पको टोकाइबाट १२ वर्षीय बालकको मृत्यु

 

असार ३, रौतहट । रौतहटमा मंगलबार सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । 

स्थानीय गढिमाइ नगरपालिका– १ समनपुरका लोरिक सहनीको १२ वर्षीय छोरा विवेक सहनिको सर्पको टोकाइबाट मृत्यु भएको हो । 

null

बिहान आमासँगै खेतमा काम गरिरहेका बेला बिबेकको खुट्टामा सर्पले टोकेको थियो। उनको उपचार लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *