यी लेखिकाले लगाईन् राष्ट्रपती ट्रम्पमाथी यौन शाेषणकाे आरोप

 

असार ८, अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक फेशन म्यागजिनकी स्तम्भकारले यौन शोषणको आरोप लगाएकी छिन् । पीडित ई.जेन क्यारोल एल्ले फेशन म्यागजिनका लागि काम गर्छिन् । 

क्यारोलका अनुसार ट्रम्पले दुई दशक अघि न्यूयोर्कको एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा यौन शौषण गरेका थिए । यद्यपि, ट्रम्पले यी आरोप खारेज गरेका छन् । उनले क्यारोलसँग कहिले पनि भेट नभएको बताएका छन् । 

null

क्यारोलले यौन शोषणको उक्त घटना सन् १९९५ को अन्त्य र १९९६ को सुरुवातमा बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा भएको जानकारी दिइन् । 

क्यारोलका अनुसार उनीहरु यस अघि पनि भेटिसकेका थिए र एकदिन महिला साथीका लागि उपहार किन्न सहयोग गरिदिन आग्रह गरेपछि उक्त डिपार्टमेन्ट स्टोरमा पुगेको उनले बताइन् । 

त्यतिबेला ५२ वर्षकी क्यारोलले उपहार किन्दै गर्दा ट्रम्पले उनलाई भित्री वस्त्र लगाउन दबाब दिएको र उनलाई पाखुरामा समातेर ड्रेसिङ रुमतिर लगेको दाबी गरिन् । 

‘ड्रेसिङ रुमको ढोका लगाएपछि उनी ममाथि जाइलागे, मलाई भित्तातिर धकेले । त्यतिबेला मेरो टाउको नराम्रोसँग ठोक्कियो र उनले जबरजस्ती आफ्नो मुख मेरो ओठमा राखे,’ क्यारोलले आरोप लगाइन् । ‘म चकित भएँ, उनलाई बेस्सरी धकेलेँ । उनले पुनः मेरो हात समातेर भित्तातिर धकेले । त्यसपछि उनले मेरो कोटमुनी हात पुर्याए र मेरो लेगिंग तल सार्न थाले ।’ 

क्यारोल थप्छिन्, ‘त्यसको केही क्षणमा नै सर्ट, टाइ, सुट ज्याकेट, ओभरकोट लगाएर चट्ट परेका यापारी आफ्नो ओभरकोट फुकाल्छन्, पाइन्टको चेन खोल्छन्, आफ्नो औंलालाई मेरो गुप्ताङ्ग वरिपरि दौडाउँछन् र आफ्नो यौनाङ्ग–आधा वा पूर्ण, म निश्चित छैन– मभित्र प्रवेश गराउँछन् ।’ 

यद्यपि, उनले आफूमाथिको उक्त आक्रमणलाई बलात्कार भन्न नरुचाउने जानकारी दिएकी छिन् । 

‘यौन हिंसा निकै भयानक कुरा हो । मेरो सवालमा म यो शब्द प्रयोग गर्न चाहन्नँ किनभने यदि मैले यस्तो गरेँ भने यो ती महिलाका लागि अपमान हुनेछ जो प्रत्येक दिन यौन हिंसाको शिकार हुन्छन् तर यसबाट निस्कनका लागि शक्ति जुटाउन सक्दैनन्, ’ क्यारोलले भनिन् । ‘तर, त्यो पक्कै पनि आक्रमण थियो । हो, त्यो मेरो इच्छा विपरित थियो । हो, त्यसले पीडा दिएको छ । तर म आफूलाई जवान, बालबच्चा भएका र जीवनमा धेरै पटक यौनहिंसा खेपेका महिलाको श्रेणीमा राख्न चाहन्नँ ।’ 

ट्रम्पले भने, ‘यो किताब फिक्सन सेक्सनमा बेचिनुपर्छ’ 

यो पूरा घटनाक्रमको खुलासा क्यारोलको हालै प्रकाशित किताबमा भएको हो । न्यूयोर्क म्यागजिनले यसबारे शुक्रबार लेख प्रकाशित गर्यो । क्यारोल १६ औं महिला हुन्, जसले ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् । क्यारोलको आरोपमा ट्रम्पले भने, ‘मैले जीवनमा कहिले पनि यी महिलालाई भेटेकमो छैन । उनी मात्र आफ्नो नयाँ किताब बेच्ने कोसिस गरिरहेकी छिन् । यसलाई फिक्सन सेक्सनमा बेचिनुपर्छ ।’ एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *