दानवहादुर मल्लले बढाए सक्रियता, यस्ताे छ एक महिने प्रगति विवरण

 

असार १५, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले बितेको एक महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालयमा कमाण्ड सम्हालेका प्रहरी उपरिक्षक दानवहादुर मल्लको एक महिनाको प्रगति विवरण आईतबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो । 

null

प्रहरीले एक महिनाको अवधिमा खुँडा प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका भरतपुर महानगरपालिका वडा नं.११ बस्ने बर्ष ३५ को नारायण बिकलाई पक्राउ गरेको छ । 

बिकले गत जेठ १७ गते राती गणेशथानमा आफ्नै छिमेकी बर्ष ३४ की सोममाया कामीलाई फलामको धारिलो हतियार खुँडाले घाँटीमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । 

यस्तै नक्कली स्कुल तथा क्याम्पसको नक्कली सर्टिफिकेट बनाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ६ बस्ने बर्ष १९ को बेद प्रसाद पराजुली र वडा नं. ६ बस्ने बर्ष ३३ को सुदिप पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । 

यही अवधिमा ४१ जना बालबालिकाहरुको उद्धार गरिएको छ । असार ५ गते चितवनको राप्ती नगरपालिका वडा नं.१३ स्थित बिकट पहाडी बस्तीका चेपाङ बालबालिकाहरुलाई केही व्यक्तिहरुले निशुल्क पढाई दिने भनि अभिभावकलाई प्रलोभनमा पारी गोर्खा लैजान ल्याउँदै गर्दा गोन्द्राङमा चेकजाँचका क्रममा उनीहरुलाई फेला पारि उद्धार गरिएको हो । 

प्रहरी उपरिक्षक दानवहादुर मल्ल चितवन आएपछि बढाइएको सक्रियताकै कारण सट्टेबाजी गरेको आरोपमा जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं.८ घर भई हाल जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.३ डेरा गरी बस्ने मुकेश कुमार साहले अन्य व्यक्तिहरु समेतलाई आवद्ध गराई एक आपसमा बाजी थापी र थाप्न लगाई क्रिकेट सट्टेबाजी गराई रहेको अवस्थामा उनकै कोठामा फेला पारी पक्राउ गरिएको थियो । 

पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर २० शारदानगर रानीपोखरी स्थित रोहित मोटर साईकल वर्कशपमा नेपाल तथा भारतबाट चोरीको मोटरसाईकलहरु ल्याई काटी अल्टी पल्टी गरी बिक्री वितरण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । 

सो वर्कशपमा खानतलासी गरी शंकास्फद अवस्थामा रहेका मोटर साईकल तथा पाटपुर्जाहरु बरामद गरी संलग्न ४ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कोईरालाले बताए । 

प्रहरीले विभिन्न कम्पनीको मोटरसाईकल २६ थान, ईञ्जिन नभएको च्यासिसहरु ८ थान, च्यासिस नभएको ईञ्जिनको ढिक्काहरु ६ थान, ईञ्जिन नम्बर देखिएको ईञ्जिनका कभरहरु ९ थान, विभिन्न व्यक्तिको नाममा रहेको मोटरसाईकलको बिलबुक ५३ थान, सादा नं.प्लेटहरु १ बोरा बरामद गरिएको थियो । 

त्यस्तो कार्यमा संलग्न रहेको आरोपमा भरतपुर २१ बस्ने बर्ष २१ को रोहित श्रेष्ठ, बारा कलैया न.पा.वडा नं.८ बस्ने बर्ष १९ को कृष्ण शाह, बारा कलैया न.पा.वडा नं.३ बस्ने बर्ष १८ को महाविर चौधरी, भारतीय नागरिक १४ वर्षीय राजा कुमारलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *