आज मेघ गर्जनसहित वर्षा, बदली र हावाहुरीको सम्भावना

काठमाडौं, १९ जेठ । देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्व नेपालमा बिहानैदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । 

यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम पनि बदली भएको छ । पश्चिम तराईमा भने मौसम सफा रहेको जनाइएको छ । तर दिउँसोपछि बदली हुने सम्भावना छ । पूर्वी नेपालको तराई तथा चुरे क्षेत्रमा पानी पर्ने खालको बादल रहेकाले वर्षा हुने सम्भावना छ । 

 

null

यस्तै अपराहन्नपछि मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् । हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ । 

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहेको छ । शनिबार साँझ काठमाडौँ उपत्यकासहितका क्षेत्रमा केहीबेर ठूलो पानी परेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *