राष्ट्रिय वृक्षारोपण दिवसमा प्रधानमन्त्रीले रोपे नासपतीको बिरुवा
असार १४, काठमाडौँ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माद्वारा वृक्षारोपणको कार्यक्रम शुभारम्भ गरिएको छ ।
शनिबार बिहान वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको वृक्षारोपण अभियानमा प्रम ओलीले कलंकी कोटेश्वर सडक खण्डमा फलफुलको विरुवा नासपाती रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
null
हालै सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरिएको निर्णयअनुसार देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।
यस वृक्षारोपण अभियानमा प्रमको पत्नी राधिका शाक्य, वन मन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानुन मन्त्री भानुभक्त ढकालल गायतले सहभागिता जनाएका थिए ।
कोटेश्वर-कलंकी क्षेत्रलाई ९ खण्डमा बिभाजन गरी जनसहभागीताको व्यवस्था मिलाइएको थियो ।
यस अभियानमा सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी, सांसद, बिभिन्न सामाजिक संस्था, राजनीति दलका कार्यकर्ता लगायतको पनि बाक्लो उपस्थिती रहेको थियो।
आज पहिलो दिन देशभर ५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको छ भने कोटेश्वरदेखि कलंकीसम्म करिब ३ हजार बिरुवा रोपी सकिएको वन मन्त्री शक्ति बस्नेतका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिएका छन् ।
यस अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले वृक्षारोपणलाई राष्ट्रिय अभियान बनाउन आम कार्यकर्ता, पार्टी सदस्य, समर्थक, शुभचिन्तक र सर्वसाधारणलाई घरमा दुईवटा रुखको विरुवा रोप्न आग्रह गरेका थिए ।