प्रधानमन्त्रीमा आलोपालो भन्नु लज्जास्पद !

 

जेठ १७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सम्बन्धी राखेको धारणा सञ्चार माध्यमहरुमा सार्वजनिक भएसँगै विभिन्न राजनीतिक दलका नेताहरुले यसमाथि टिप्पणी  गरेका छन् । 

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ ले प्रचण्डको सत्ता धारणा (प्रधानमन्त्री पद) माथि टिप्पणी गरेका हुन् । 

null

अध्यक्ष दाहालले सत्ता (प्रधानमन्त्री पद) आलोपालो गर्ने सहमति भएको भन्दै अब प्रधानमन्त्री बन्ने पालो आफ्नोे भएको दाबी गरेका थिए । सोही धारणामाथि टिप्पणी गर्दै महासचिव वैद्यले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका हुन् । 

क्रान्तिकारी पत्रकार महासंघले आज (शुक्रबार) बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमा प्रचण्डले भाग खोज्नु मर्यादित नभएको धारणा राखे । 

उनले भने, ‘कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको छ । पार्टी एककिरण नटुंगिएको अवस्थामा पार्टीभित्र आलोपालो माग्नु गलत हो । दुई पार्टी एक भइसकेपछि र दुई तिहाइको सरकार हुँदाहुँदै प्रधानमन्त्रीमा आलोपालोको कुरा गर्नु लज्जास्पद हो ।’ 

महासचिव वैद्यले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको पनि आरोप लगाए । 

यस्तै उनले वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै आर्थिक वर्ष २०७६/७७ को बजेटको पनि आलोचना गरे । समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको वैद्यको दाबी छ । 

१५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ, अनि कसरी विकास हुन्छ ? भन्दै उनले प्रश्न तेर्साए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *