नाप्ने ताैलने उपकरण नविकरण नगर्ने साँढे दुई हजार ब्यापारी कारवाहीमा परे

जेठ २५, काठमाडौं । काठमाडौंका साँढे दुई हजार ब्यापारीलाई कारवाही गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको बताएको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । 

तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरिएको कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले जानकारी दिए । उनले नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेको बताए । 

 

null

काठमाडौंमा चालू आवमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ । तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ । 

कार्यालयले चालू आवमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट रु ९२ लाख ७१ हजार ३०३ राजश्व सङ्कलन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *