काठमाडौंबाट ८२ पाकेटमार पक्राउ

असार १, काठमाडौं । महानगरीय प्रहरी परिसरको टोलीले काठमाडौंका विभिन्न स्थानबाट सार्वजनिक यातायतामा लुटपाट गर्ने ८२ जना पाकेटमारलाई पक्राउ गरेको छ । 

परिसरबाट सादा पोसाकमा खटिएका प्रहरीले सार्वजनिक यातायातमा चोरी, लुटपाट तथा पाकेट मार्ने काममा संलग्न ८२ जनालाई पक्राउ गरेका हुन् । 

परिसरले जेठ १ देखि ३१ गतेसम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सवारी साधनमा हुने पोकटमार, लुटपाट र चोरीमा संलग्नलाई पक्राउ गर्ने विशेष अभियान चलाएको थियो। सोही एक महिनामा प्रहरीले ८२ जनालाई नियन्त्रणमा लिएको हो । 

null

 

पक्राउ पर्नेमा ७८ जना पुरुष र ४ जना महिला छन्। उनीहरुले सार्वजनिक सवारीमा यात्रुहरुको साथबाट नगद, मोबाइल तथा गरगहना चोरी तथा लुटपाट गर्दै आएका थिए । 

पाकेटमारको साथबाट ६ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरी पीडितलाई बुझाइएको परिसर प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। नगद बाहेक २१ थान मोबाइल र २ थान ल्यापटप समेत बरामद गरिएको उनले बताए । 

पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *