संसद अवरुद्धबारे यसो भन्छन् सत्तापक्ष–प्रतिपक्ष

 

असार ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध पारेपछि अधिकांश नेताहरुले यसको टिकाटिप्पणी गरेका छन् । 

सानो विषयलाई लिएर कांग्रेसले संसद अवरुद्ध गरेको भन्दै विभिन्न पार्टीका नेताहरुले यसमा असन्तुष्ट पोखेका हुन् । 

null

मंगलबारको प्रतिनिधि सभा बैठक सुरु हुनासाथ को पहिला बोल्ने भन्ने विषयमा विवाद हुँदा बैठक स्थगित भएको थियो । 

कांग्रेसले बोल्ने समय मागिरहँदा बैठकको सुरुवातमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्ने समय दिएपछि कांग्रेसले नाराबाजी गरेका थिए । कांग्रेसको अवरोधपछि बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

यसै विषयमा आफ्नो प्रतिक्रिया राख्दै सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसले नाजायज माग राखेर संसदमा अवरोध गरेको बताएका छन् । 

कांग्रेसले गलत अभ्यास गरेको आरोप लगाउँदै उनले भने, ‘संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोल्न समय मागेपछि को पहिला बोल्ने भन्ने विषय नै हुँदैन । सरकारले बोल्न चाहेको जनताको आवाजलाई कांग्रेसले अवरुद्ध गर्ने काम गरेको छ ।’ 

यस्तै पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सामान्य विषयमा विवाद गरेर संसदको महत्वपूर्ण समय खेर फालिएको प्रतिक्रिया दिँदै आजको घटनाप्रति खेद व्यक्त गरे । 

यता प्रतिपक्षीको भने आफ्नै धारणा छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा प्रतिपक्षको आवाज निस्तेज पार्न, दमन गर्न खोजिएकाले बाध्य भएर रोस्टम घेराउ गरेको दाबी गरेका छन् । 

प्रधानमन्त्री, पूर्वसभामुख र प्रमुख प्रतिपक्ष दलका नेताले संसदमा बोल्न चाहेको समयमा बोल्न पाउने अभ्यास रहँदै आएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *