वामदेवले भने, ‘सरकार परिवर्तन नभए एकता बिथोलिन्छ’

 

जेठ १७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले सरकार परिवर्तन नभए एकता बिथोलिने बताएका छन् । 

शुक्रबार प्रेस संगठन प्यूठानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले यस्तो धारणा राखेका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘पार्टी एकताका समयमा नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । त्यसबाट दायाँबायाँ हुनु हुँदैन । तत्र पार्टी एकता बिथोलिन्छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुन्छ ।’ 

पार्टी एकताका समयमा भएको सम्झौता कसैले उल्लंघन गर्दैन भन्नेमा विश्वस्त रहेको भन्दै नेता गौतमले सहमति अनुसार अबको प्रधानमन्त्री प्रचण्ड बन्ने दाबी गरे । 

प्रचण्डले पनि बुधबार टीभी अन्तर्वार्ताका क्रममा  सत्ता (प्रधानमन्त्री पद) आलोपालो गर्ने सहमति भएको भन्दै अब प्रधानमन्त्री बन्ने पालो आफ्नोे भएको दाबी गरेका थिए ।  

‘जे हुन्छ सहमतिबाट हुनुपर्छ । पार्टीले डिसिजन गर्ने कुरा हो। त्यस्तो कुराको अहिले म कल्पना गर्न चाहदिनँ। हामी सहज ढंगले कुराकानी गरिराखेका छौं। मैले प्रधानमन्त्रीजीलाई दुःख, सुख अप्ठ्यारोमा रक्षा गर्न मेरो ठाउँबाट बल गरिराखेकै छु । त्यसकारण भोलि (साढे दुई वर्षमा) प्रधानमन्त्री पद छाड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्नँ। यो विषय जे हामीले समझदारी गरेका छौं’, प्रचण्डले भनेका थिए । 

यस्तै नेकपाले शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि दुई दिन पछाडी सारेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको सहमतिपछि बैठक जेठ २० गतेका लागि सारिएको हो । 

शनिबार बस्ने भनिएको सचिवालय बैठकले पोलिटब्यूरो गठन गर्ने तथा विभागहरु गठन गर्ने कार्यसूचि थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *