गुठी विधेयक स्थगित गरौँ: योगेश भट्टराई

 

असार १, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्न प्रस्ताव  गरेका छन् । 

गुठी विधेयकका पक्ष विपक्षमा बहस चलिरहँदा नेकपा नेता भट्टराईले यस्तो प्रस्ताव गरेका हुन् । 

null

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘बुझाउनु पर्नेले बुझाउन सकेनन् । बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन् । आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनुभयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू ।’ 

 

साताव्यापी युरोप भ्रमणबाट आइतबार मात्रै काठमाडौं फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । 

‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हसाउन हो । धर्म संस्स्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ,’ प्रधानमन्त्रीले भनेका छन् । 

प्रमुख प्रतिपक्षी दल लगायत अन्य दलहरुले पनि गुठी विधेयकको विरोध गरिरहेका छन् । कांग्रेसले पटक पटक यही विषय उठाउँदै संसद अवरुद्ध गरिरहेको छ । नेकपाकै कति सांसद तथा नेताहरुले पनि यसको खुलेर विरोध गर्न थालेका छन् । 

यता गुठीयारहरुले दैनिकजसो प्रदर्शन गरिरहेका छन् । गुठी सम्बन्धी संशोधन विधेयक पारित नगर्न उनीहरुले माग गरेका छन् । उक्त विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने उनीहरुको चेतावनी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *