सिटिजन्स बैंकद्वारा तातोपानी कुण्ड व्यवस्थापनलाई सहयोग

 

असार ६, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्राकृतिकउपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई आर्थिक सहयोग गरेको छ । 

यस बैंकले असार ४ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाइ भौतिक पूर्वाधारहरूका विकाशको लागि आर्थिक सहयोग उपलब्ध गरेको हो । 

null

प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजित कार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । 

यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ। 

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *