सेनाद्वारा २७ वटा सडक र ३० वटा पुल निर्माण, संविधानअनुसार नै काम लगाइएकाे दाबी

 

असार १०, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल सरकारले कानून बमोजिम नेपाली सेनालाई विकास निर्माण र विपद व्यवस्थापनमा प्रभावकारी ढंगले परिचालन गर्ने नीति लिएको बताएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन् । 

null

संसदमा उनले भने, ‘नेपाली सेनालाई कानून, संविधान बमोजिम नै विकास निर्माणको काममा लगाइएको हो । सेनालाई विकास निर्माणको काममा लगाउँदा पेशागत दक्षतामा असर पर्दैन ।’ 

हालसम्म नेपाली सेनाले २७ वटा सडक र ३० वटा पुल निर्माण गरेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए । हाल नेपाली सेनाले काठमाडौं तराई द्रुतमार्ग, कर्णाली करिडोर, जाजरकोट –डोल्पा सडक, कालीगण्डकी करिडोर र बेनिघाट आरुघाट लार्के भञ्ज्याङ सडक निर्माण गरिरहेको उनले बताए । 

यस्तै उनले राष्ट्रिय सुरक्षा नीति २०७३ सालको विधेयकमा नै आधारित भएर ल्याइएको पनि स्पष्ट पारे । 

मन्त्री पोख्रेलले मुलुकमा सेना परिचालन गर्नुपर्ने अवस्था आएमा राष्ट्रिय सुरक्षा परिषद्बाट अनुमोदन गर्नुपर्ने भएकाले यदि परिषद् बैठक बस्न नसकेको खण्डमा पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गरि प्रधानमन्त्रीले अनुमोदन गर्न सक्ने व्यवस्था गरिएको पनि बताए । 

सेना परिचालनको निर्णय प्रधानमन्त्रीले गर्न सक्ने व्यवस्थाले नेपाली सेनाको अधिकार हनन हुनुका साथै प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत हुने र रक्षा मन्त्रालय निष्प्रभावी हुने भन्दै विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले यसबारे जवाफ माग गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *