इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध सीआइबीमा उजुरी दर्ता

 

असार १०, काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता भएको छ । 

उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो । 

null

मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध गरेर करोडौं रकम भुक्तानी गरिएको लाखौ नेपाली उपभोक्तामाथी अन्याय गरेको आरोप लगाउँदै उजुरी दर्ता गरेको जानकारी दिएको छ । 

सोमबार दिउँसो तीन बजेदेखि नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण राेक लगाइएकाे छ । राेक लगाइएकाे ती च्यानलहरु मंगलबार दिउँसो तीन बजेपछि मात्र खुल्ला हुनेछन् । 

मञ्चले दर्ता गरेको उजुरीमा कानून बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक संस्थाका नामबाट केही व्यक्तिहरुले इन्टरनेट तथा टेलिभिजन सेवाको सञ्चालन प्रशारणमा अवरोध पुर्‍याएको भन्दै उनीहरुमाथि कारवाही गर्न माग समेत गरिएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *