मोरङका एसपीको बुढीगंगामा स्वागत

 

जेठ २७, विराटनगर । भर्खरै सरुवा भएर आएका मोरङका प्रहरी उपरिक्षकलाई बुढीगंगा गाउँपालिकामा स्वागत तथा सम्मान गरिएको छ । ं 

बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटले एक कार्यक्रमकाबीच प्रहरी उपरिक्षक विश्व अधिकारीलाई स्वागत तथा सम्मान गरेको हो । 

null

कलेज परिसरमा आयोजना गरिएको स्वागत कार्यक्रममा प्रहरी उपरिक्षक अधिकारीले मोरङमा शान्ति सुव्यवस्था कायम राख्न आफूले कुनै कसर बाँकी नराख्ने बताए । उनले प्रहरीको एक्लो प्रयासबाट मात्र अपराध नियन्त्रण सम्भव नरहेको बताउँदै अपराध नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए । 

 

सो अवसरमा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार, मनमोहन स्मृति पोलिटेक्निक इन्स्टीच्यूटका प्राचार्य डा.सुभाषश्री पोखरेल, सुचना प्रमुख तथा मनमोहन स्मृति प्रतिष्ठानका सदस्य सत्यनारायण चौधरी, सोही गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष कासिम मियाँ, वडा नं. ५ का ववडाध्यक्ष रमेश खनाल, स्थानीय वुद्धिजिवी, समाजसेवी, राजनितिकदलका प्रतिनिधि, कलेजमा अध्यनरत विद्यार्थी लगायतले प्रहरी उपरिक्षक अधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *