विप्लव समूहका १८ नेता–कार्यकर्ता पक्राउ
फाइल तस्विर
जेठ २६, कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १८ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
null
प्रहरीले अन्नपूर्ण गाउँपालिकाबाट विप्लव समूहका १८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी संगठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार यो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको हो ।
विप्लव समूहका नेता तथा कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको बताइएको छ ।
शनिबार राति अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट पक्राउ परेका उनीहरुलाई सोही दिन नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।