कांग्रेसप्रति जनआकर्षण बढ्यो, एक महिनामा ३१ हजार प्रवेश गरे

 

जेठ ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कांग्रेसप्रति जनआकर्षण बढेको बताएको छ । 

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणको जागरण अभियानले कांग्रेसमा जनआकर्षण बढेको बताएका हुन् । 

null

‘पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालेको छ । यस अभियानमा पार्टीप्रतिको आकर्षण र सरकारप्रतिको विकर्षण रहेको प्रष्ट देखिएको छ ।’ 

उनले अभियानको क्रममा लामो पृष्ठभूमि भएका कम्युनिष्ट पार्टीका नेताहरुसहित ३१ हजार ६ सय ४२ जना अन्य पार्टीबाट आफ्नो पार्टीका प्रवेश गरेको पनि जानकारी दिए । 

उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताए । 

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आउँदो भदौ २४ गते बीपी जयन्तीको दिनबाट सुरु गर्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *