दुई तिहाईको सरकारले ल्याएको बजेट हावादारीः कांग्रेस

 

जेठ २१, काठमाडौं । सम्माननीय सभामुख महोदय, आज हामी तीन दिनदेखि बजेटमा आफ्ना धारणाहरु राखिरहेका छौँ । २०७६/०७७ बजेमाथि म आफ्नो पनि केही धारणाहरु राख्न चाहन्छु । 

यो बजेट अत्यन्त हावादारी, गफाडी र वितरणमुखी छ । यो मैँले भन्न खोजेको होइन सभामुख महोदय । हाम्रा अर्थमन्त्री डा. युवराज खतिवडाज्यूले दिनुभएको डाटा बोलिरहेको छ । 

null

यो बजेट १५ सय ३३ अर्बको छ । विगतमा १२ सय ८ अर्बको थियो । २७ प्रतिशतले वृद्धि भएको छ । हामीले देखेका छौँ । ९ सय ८१ अर्ब राजश्व उठाउने भनेका छौँ । र पुँजीगत चालु खर्च हामीले ९ सय ५७ अर्ब राखेका छौँ । 

यसले के पुष्टि हुन्छ भने हामीले जति उठाउन खोजेका छौँ, त्यति नै हामी खर्च गर्दैछौँ । अनि हामीले विकास कहाँबाट गर्ने त ? अवश्य पनि बाह्य ऋण, आन्तरिक ऋण र अनुदान नै हो । जब हामी सबै वाह्य ऋण र आन्तरिक ऋण र अनुदानबाट विकासका योजनाहरु बनाउँछौँ भनेपछि यो वितरणमुखी योजना नभएर के हुन्छ ? यो हावादारी नभएर के हुन्छ सभामुख महोदय ? 

त्यसैले सभामुख महोदय, यसले हामी नेपाली जनताले खोजेको सुखी नेपाली समृद्ध नेपालको जुन सपना देखेका छौँ, त्यो पुरा हुन सक्दैन । 

विगतमा पनि हामीले आन्तरिक ऋण जति उठाउन खोजेका थियौँ, सकेनौँ । वैदेशिक ऋण पनि जुन अनुपातमा हामीले उठाउन खोजेका थियौँ, त्यो पनि सकेनौँ । त्यसकारण हाम्रो खर्च गर्ने संयन्त्र पनि छैन । त्यसैले सभामुख महोदय यो बजेट जसरी ल्याउनुपर्ने थियो दुई तिहाईको कम्युनिष्ट सरकारले त्यसरी आउन सकेको छैन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *