आठ वर्षपछि सुल्झियो ‘ट्याटुवाली’ को हत्याको गुत्थी, फिल्मी कहानी झैं भएको थियो घटना

 

असार १३ ।  २१ जुनमा भारतस्थित गुरुग्रामको एक नीजि अस्पतालमा एक व्यक्ति भर्ना भए । उनलाई पेट दुख्ने समस्या थियो । उपचारमा थाहा भयो कि उनको कलेजोमा समस्या छ । अस्पतालको रेकर्डले उनलाई कलेजोमा इन्फेक्सन भएको बताउँछ । तर २६ जुनमा उनलाई खोज्दै पुलिस एकाएक अस्पताल पुग्छ । तर उनको त्यही दिन बिहान मृत्यु भइसकेको हुन्छ । 

उनको त मृत्यु भयो । तर उनको मृत्युले एकपटक पुनः त्यो घटना चर्चित भयो जसले आठ वर्षअघि ठूलै तहल्का पिटेको थियो । 

null

उक्त घटनाको नाम राखिएको थियो – गर्ल विद अ पिकक ट्याटु । 

११ फेब्रुअरी, २०११ः 

नयाँ दिल्ली रेलवे स्टेशन बाहिर एउटा कालो रंगको ट्राभलिङ ब्याग यत्तिकै राखिएको थियो । प्रत्यक्षदर्शीले टेम्पोमा बसेका एक व्यक्तिले उक्त ब्याग बिहानै फ्याँकेर गएको बताएका थिए । दिल्ली पुलिसले जब ब्याग खोल्यो तब त्यसमा एक युवतीको शव थियो । 

शवको अनुहार चिन्न सक्ने अवस्थामा थिएन । पहिचानका लागि पुलिससँग एउटा मात्र चिन्ह थियो । उनको तल्लो पिठ्युँमा बनेको मयुरको ट्याटु । तीन दिनसम्म शव मुर्दाघरमा रह्यो । उनको पहिचान गर्न कोही पनि आएन । जुन दिन पुलिसले उनको अन्तिम संस्कार गरियो त्यसको भोलिपल्ट एक महिला आइन् र तस्बिर हेरेर त्यो उनको छोरी भएको बताइन् । 

युवतीको नाम थियो नितु सोलंकी । आमा–बुवा पश्चिम दिल्लीमा बस्थे । मटियाला नामको गाउँमा । दिल्ली युनिभर्सिटीको फ्याकल्टी अफ लकी विद्यार्थी थिइन् नितु । कल सेन्टरमा काम गर्न थालेकी थिइन् । त्यसपछि तीन पटक जागिर परिवर्तन गरिन् । सन् २०१० को मार्चमा आमा–बुवालाई सिंगापुरमा काम पाएको बताइन् । त्यसको एक महिनापछि आफू सिंगापुर जान लागेको जानकारी आमा–बुवालाई दिइन् । वेबक्याममा च्याट गर्थिन् । तर बिस्तारै उनको फोन आउन कम भयो । कुराकानी पनि कमै भए । परिवारलाई थाहा हुँदैनथ्यो कि उनी कहाँ बस्छिन् । हत्या हुनु केही दिनअघि मात्रै उनले आफ्नी बहिनीसँग भिडियो कल गरेकी थिइन् । 

उनको टाउकोमा चोट लागेको थियो । बहिनीले चोट कसरी लाग्यो भनेर सोधिन् उनले लडेका कारण यस्तो भएको बताइन् । तर वास्तविकता अर्कै भएको पछि थाहा भयो । 

जब नितुको शव भेटियो, सनाखत भयो, त्यसपछि पुलिस सक्रिय भयो । नितु दिल्लीमै बसिरहेको थाहा भयो । सिंगापुर गएकी थिइनन् । लिभ इन रिलेशनशिपमा थिइन् । राजू गहलोत नामका व्यक्तिसँग । दुबै एक साथीमार्फत् पार्टीमा भेटे । त्यहाँ उनीहरु एकअर्कासँग परिचित भए । एकअर्कालाई मन पराउन थाले । तर आफ्नो सम्बन्ध परिवारले अस्विकार गर्ने उनीहरुलाई लाग्यो त्यसकारण उनीहरुले सँगै बस्ने निर्णय गरे तर यसबारे कसैलाई बताएनन् । 

राजु गहलोतले कलेज अफ भोकेशनल स्टडिजमा पढे । त्यसपछि टुरिजममा मास्टर्स डिग्री गरे र दक्षिण दिल्लीको एक इन्स्टिच्युटबाट फ्रेन्चमा डिप्लोमा गरे । सन् २००६ मा उनले इन्डियन एयरलाइनमा जागिर पाए क्याबिन क्रुको रुपमा । वसन्त विहारको एयर इन्डिया कोलोनीमा उनलाई बस्ने व्यवस्था दिइयो । सन् २०११ मा जब उनी अचानक काममा जान बन्द गरे तर उक्त घर बन्द गरियो । 

पुलिसले अनुसन्धान गर्दा राजु र नितु सँगै बसेको पत्ता लाग्यो । मुम्बईमा । त्यहाँबाट गोवा गए । बेंगलुरुमा पनि बसे केही दिन । तर पैसा सिद्धियो त्यसकारण दिल्ली फिर्ता हुनुपर्यो । हरि नगरमा उनीहरुले भाडाको घर लिएका थिए जसका लागि राजुले नक्कली आइडी कार्ड दिएका थिए । 

 

संदीप कुमार पालको नाममा । संदीप कुमार पालको नामबाट टाइम्स अफ इन्डियामा छापिएको रिपोर्ट अनुसार करतार सिंह सोलंकी, उनकी श्रीमती सुशीला र उनका तीन सन्तान केशव, अलका र राहुल मटियाला गाउँमा थिए । घरमा लिपपोतको काम भइरहेको थियो जब करतार सिंहले एक पत्रिकामा आफ्नी छोरीको तस्बिर देखे । उनलाई सम्पर्क गर्ने कोसिस गरे तर विफल भए । त्यसपछि करतार सिंहले श्रीमतीलाई दिल्ली पुलिस स्टेशन पठाए, त्यसपछि उनीहरुले आफ्नी छोरीको पहिचान गरे । 

पछि करतार सिंहले नितुको अनर किलिङ गराएको पनि खबर फैलियो । बहिनी अलकाले आफ्नी दिदी सिंगापुरमा नै भएको सोचिरहेको बताइन् । त्यतिबेला भाइ राहुलको १२ को परीक्षा चलेको र आमाको स्वास्थ्य ठिक नभएका कारण टिभी नहेरेको उनले बताइन्, त्यसकारण यसबारे ढिला गरी जानकारी प्राप्त भएको जानकारी दिइन् । करतार सिंहले छोरीले राजूलाई भेटाएको पनि बताए । करतार सिंहले छोरीले मागेजति कुरा आफूले दिएको बताए । उनले भने, ‘उनी डियूको करेसपोन्डेन्सको कोर्स गर्न चाहन्थिन्, गराइदिएँ । सन् २००७ मा नगरपालिकाको चुनाव लड्ने कुरा बताइन्, त्यो पनि गराइदिएँ । दिल्ली युनिभर्सिटीको ल फ्याकल्टी युनियनको चुनाव लड्ने बताइन्, त्यसमा पनि समर्थन गरेँ । सिंगापुर जाने बताइन्, टिकट काटिदिएँ ।’ 

 

इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार जुन दिन नितुको शप भेटियो त्यो दिन राजुले आफ्नो कजन भाइ नविन शौकिनलाई थुप्रै पटक फोन गरेका थिए । उनीसँग कार मागिरहेका थिए । उनले नविनलाई नितुको हत्या गरेको बताएका थिए, शव ठेगान लगाउनका लागि गाडी मागेका थिए । नविनले ट्याक्सी मगाइदिन्छु भन्दै फोन गरे । 

ट्याक्सी नपाएपछि टेम्पोमा यात्रा गरे र नितुको शव स्टेशन नजिकै छोडिदिए । शरीरमा पाँचवटा घाउ थिए । हरि नगरको जुन घरमा यी दुई बस्दथे त्यहाँका घर मालिकले नितु बाहिर खासै ननिस्कने बताए । यी दुईले अरुलाई पनि खासै नभेट्ने बताए । नविन शौकिनमाथि आरोपीलाई शरण दिएको र अपराधमा मद्दत गरेको भन्दै मुद्दा दर्ता गरियो । त्यसपछि पुलिसले मुम्बईदेखि गोवासम्म उनलाई पत्ता लगाउने कोसिस गरे । रिपोर्टमा सार्वजनिक भए अनुसार उनले जानुअघि नविनसँग १० हजार रुपैयाँ पनि मागेका थिए । जुन टेम्पोमार्फत् राजुले नितुको शव फ्याँके त्यसका ड्राइभर पुलिसको मुख्य साक्षी बने । 

जतिसुकै प्रयास गरेपनि राजुबारे पत्ता लाग्न सकेको थिएन । पछि थाहा भयो कि उनी गोवामा गएका थिए तर गुरुग्राम आएर काम गर्न थाले । उनले आफ्नो नाम रोहन दहिया राखेका थिए । र एक ठाउँमा कामसमेत सुरु गरेका थिए । उनीसँगै काम गर्ने सहकर्मीले उनी चाँडै नै अफिस आउने गरेको र ढिला गरी जाने गरेको बताए । उनी सुरु सुरुमा आफ्नो परिवारसँग पनि कुराकानी गरिरहन्थे । करिब १५ वटा फोन र सिमकार्ड थिए । तर पुलिसले उनलाई ट्रेस गर्न सकेनन् । राजुमाथि दुइ लाखको इनाम पनि राखिएको थियो । 

उनले अस्पतालको शय्याबाट आमाबुवालाई आफू मर्न लागेको जानकारी फोनमार्फत् दिएपछि उनीबारे पत्ता लागेको छ । उनको परिवारको फोन क्राइम ब्रान्चको सर्भिलियन्समा थिए । त्यसपछि पुलिस तत्काल अस्पताल पुग्यो तर त्यतिबेलासम्म राजु सधैंका लागि बिदा भइसकेका थिए । 

राजु त्यहि व्यक्ति थिए जो बुधबार बिहान गुरुग्रामको अस्पतालमा बिते र आठ वर्ष पुरानो हत्यालाई एकपटक पुनः सम्झाइदिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *