‘ओभर लोड’का कारण बस दुर्घटना : ३३ को मृत्यु, ३७ जना घाइते

एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित कुल्लु जिल्लामा एउटा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् । पहाडी क्षेत्रको सडकमा चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट तल खसेको बताइएको छ । 

 

भारतीय सञ्चारमाध्यमका अनुसार बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए । बसमा क्षमताभन्दा निकै बढी यात्रु सवार रहेका कारण दुर्घटना भएको बताइएको छ । 

null

उकालो र घुमाउरो बाटोमा ‘ओभर लोड’का कारण बस नियन्त्रण गुमाएर भीरबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्थानीय अधिकारीको भनाइ छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी लगायतले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *