अभिनेत्री करिश्माले ६ कक्षा मात्रै पढ्नुकाे यस्ताे छ कारण

 

असार १४, भारत ।  कपूर परिवारकी मेधावी छोरी करिश्मा कपूरले बलिउडमा आफ्नै पहिचान त बनाइन् तर उनले आफ्नो शैक्षिक करियर भने राम्रो बनाउँन सकिनन् । 

उनले आफूलाई दिइएका सबै फिल्मको भूमिका निकै सफल तरिकारले निभाएकी छिन् । उनको पिता रणधीर कपूर र आमा बबीताको पदचापलाई पछ्याउँदै उनले फिल्ममा कदम राखिन् । र सफल पनि भइन् । 

null

कक्षा ६ मात्रै पढिन्करिश्माले माता र पिता रणधीर कपूर र बबीताबीचको दरारको कारण बालापन निकै तनावमा गुजारिन् । यसैबीच उनले आफ्नो पढाई बीचमै छाडिन् । उनले मात्रै कक्षा ६ पास गरिन् । 

‘प्रेम कैदी’ पहिलो फिल्म१७ वर्षमै करिश्माले फिल्म ‘प्रेम कैदी’ बाट बलिउडमा पाइला राखिन् । शुरुवातीमा उनले फिल्ममा गरेको कामबाट राम्रो प्रतिक्रिया पाउन सकिनन् । उनले नयाँ स्टारको लागि बलिउड निकै कठिन यात्रा भएको समेत उल्लेख गरेकी थिइन् । त्यसपछि उनले ‘राजा बाबू’ मा गरेको अभिनयले उनलाई धेरै राम्रो प्रतिक्रिया प्राप्त गर्न सहयोग गर्यो । 

‘राजा हिन्दुस्तानी’ बाट सफलसन् १९९६ मा करिश्माले इतिहास रचिन् । उनले अमिर खानसँग फिल्म ‘राजा हिन्दुस्तानी’ मा काम गरिन् । जुन त्यो समयकै सबैभन्दा चर्चित फिल्म बन्न सफल भयो । उनलाई उक्त फिल्मबाट फिल्मफेयरको बेस्ट अवार्ड पनि प्राप्त भयो । 

विवाहकरिश्मा कपूरको अभिषेक बच्चनसँग विवाह टुट्यो । र उनले २००३ मा चर्चित व्यवसायी सञ्जय कपूरसँग विवाह गरिन् । एक छोरा र एक छोरीको आमा बनिसकेकी करिश्मा र सञ्जयबीच खटपट पैदा भयो र उनीहरुको अन्ततः सम्बन्धविच्छेद भयो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *