बलात्कार गरेको आरोपमा १७ वर्षिय किशोर पक्राउ

 

जेठ २१, झापा । भद्रपुरमा घरमा कोही नभएको मौका छोपी १६ वर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । 

यसरी पक्राउ पर्नेमा नगरपालिका १० चैतु मन्दिर स्थित सुकुम्वासी टोल बस्ने १७ वर्षिय किशोर रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

null

उनले सोही स्थानको १६ वर्षिय किशोरीलाई घरमा कोही नभएको मौका छोरी आईतबार राती ९ बजे बलात्कार गरेको हो । पिडित परिवारले उक्त किशोरको बिरुद्धमा उजुरी दिएपछी उनी पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बलकृत किशोरीलाई स्वास्थ्य परिक्षणको लागि धरान लगिएको छ भने पक्राउ परेका किशोरको पनी स्वास्थ्य परीक्षण गरी आवश्यक अनुसन्धान बढाईएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *