१८ लाख बढी नगदसहित काठमाडौंबाट ५ जुवाडे पक्राउ

 

असार ११, काठमाडौं । काठमाडौंको मुड्खुबाट १८ लाख बढी नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । 

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले १८ लाख ८७ हजार नगद र दुई थान कौडासहित ५ जनालाई पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा बनेपा १२ काभ्रेका राज तामाङ, गाईघाट उदयपुर ११ का विमल कार्की र सोही घर हुने दिपक राई तार्केश्वर ७ का अशोक तामाङ, शंखरापुर ४ का राज वोलन रहेका छन् । 

पक्राउ परेका पाँचै जनाविरुद्ध जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *