सिरिन्ज आक्रमण गर्ने कार्कीको बयानः ‘रमाइलोका लागि काँटी घोपेको हुँ’

 

असार १३, काठमाडौं । महिलामाथि सिरिन्ज आक्रमण गर्ने एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 

महिलाहरुमाथि शृङ्खलाबद्ध रुपमा भएको सिरिन्ज आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई पक्राउ परेका थिए । उनलाई शुक्रबार सार्वजनिक गरिएको हो । 

null

पक्राउ परेका कार्कीले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै रमाइलोका लागि सिरिन्ज नभइ ढलान किलाले घोचेको प्रहरीसमक्ष बयान दिएका छन् । 

कार्कीले बयानमा भनेका छन्, ‘मैँले युवतीलाई मात्रै किला रोपेको हुँ । सिरिन्ज होइन । किला रोप्दा मजा आउने भएकाले रोपेँ।’ उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन् । 

महाराजगन्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ परेका कार्कीले महाराजगन्जमा रेस्टुरेन्टसमेत चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ। 

उनले अहिलेसम्म ६ जना युवतीलाई किला रोपेको बताएका छन्। 

यद्यपी प्रहरीले उनको बयान लिने क्रम जारी राखेको छ । उनले हालै दिएको बयानलाई प्रहरीले विश्वास गरिसकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *