गुठी विधेयकविरुद्धको आन्दोलनमा प्रहरीलाई किन दिइयाे फूल ?

 

असार ४, काठमाडौं । गुठी विधेयकको विरोधमा बुधबार काठमाडौंमा भएको बृहत् प्रदर्शनमा विगतका आन्दोलनका भन्दा केही फरकपन देखियो । 

प्रदर्शनकारी आक्रोशित हुँदै निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि जाईलाग्ने गरेका थिए । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा भने प्रदर्शनकारी प्रहरीप्रति कुने आक्रोशित थिएनन् । बरु प्रदर्शनको क्रममा शान्ति सुरक्षको लागी खटिएका सुरक्षाकर्मी आन्दोलनकारी सद्भावको सन्देश दिँदै थिए, फुलमार्फत् । 

null

सरकारले सदनमा ल्याएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको राष्ट्रिय सभामा छलफलको क्रममा थियो । सोही विधेयको विरोधमा उपत्यकामा दैनिकजस्तो विरोध हुँदै आएपछि मंगलबार भूमी सुधार मन्त्री पद्मा अर्यालले विद्येयक फिर्ता लिएको घोषणा गरिन् । 

 

विद्ययेक फिर्ता भएपनि उपत्यकामा बुधबारका लागि पूर्व घोषित आन्दोलन स्थगन भएन । आन्दोलनमा कला संस्कृति, नृत्य, गीत इत्यादिमाफर्त सरकारलाई खबरदारी गर्न माईतिघर पुगेका युवाहरुले अधिकांश प्रहरीलाई फूल दिए । 

जेठ २६ गते गुठी विधेयकविरुद्ध माइतिघरमा प्रदर्शन गर्न पुगेका गुठीयारहरुलाई प्रहरीले लाठी र लात्ती बर्साएको थियो । त्यतिबेला माइतीघर मण्डलमा करिब २ सय व्यक्ति भेला भएका थिए । 

सांस्कृतिक आन्दोलनमा एकाएक प्रहरीले लाठी, लात्ती र पानीको फोहोरा बर्साएपछि स्थिति झन् बिग्रिँदै गयो । केही आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लियो । आन्दोलनकारीलाई नियन्त्रणमा लिइसकेपछि पनि प्रहरीले कुटेका थिए, त्यो पनि लात्तीले । 

 

आन्दोलनकारी माथिको दमनको त्यस्ता केही तस्विर सामाजिक सञ्जालमा भाईरल भएपछि प्रहरी आलोचित भएको थियो । कहिले ‘प्रहरी मेरो साथी’ त कहिले ‘मुस्कानसहितको सेवा’ को नारा भजाएर नथाक्ने प्रहरीको त्यो हर्कतप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरु आक्रोशित भए । प्रहरीको सोही हर्कतप्रति सांकेतिक विरोध स्वरुप उनीहरुलाई फूल दिईएको आन्दोलनमा सहभागी भएका बरिष्ठ गायक योगेश्वर अमात्यले बताए । उनले मकालु खबरसँग भने, ‘प्रहरी र हामी त साथी हौँ । उहाँहरुलाई फूल दिएर हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ भनेर बुझाएका हौँ ।’ 

जनआनदोलनको झल्को दिने बुधबारको प्रदर्शनमा काठमाडौंका विभिन्न पाँच स्थान (वसन्तपुर, टेकु, कुपण्डोल, रत्नपार्क र नयाँ बानेश्वर) बाट र्याली निस्किएको थियो । उपत्यकाबाट मात्र नभई धरान, पनौती, हेटौंडा, बनेपा, पोखरा लगायतका स्थानबाट पनि मानिसहरु आएका थिए । 

 

र्यालीको नेतृत्वकर्ताहरु परम्परागत बाजा र पहिरनमा आएका थिए । हजारौँ संख्यामा आएका नेवार समुदायका मानिसहरु धिमे, भुस्या लगायतका परम्परागत बाजागाजा सहित उपस्थित थिए । पाटन, खोकना, बालाजु, भक्तपुर थिमी, साँखु, हाडीगाउँ लगायतका स्थानबाट बाजागाजासहित मानिसहरु माइतीघर आएका थिए । आन्दोलनमा सहभागी हुने मानिसहरुको व्यवस्थापन गर्नका लागि पाँच सयभन्दा बढी स्वयम् सेवक परिचालन गरिएको थियो । 

माइतीघरमा बुधबार भएको प्रदर्शनमा सांस्कृतिक र सांगीतिक कार्यक्रम समेत भयो । गायक योगेश्वर अमात्य, जेम्स प्रधान, बबिन प्रधान, सञ्जय श्रेष्ठ लगायतका कलाकारहरु समेत देखिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *