उपत्यकामा रात्रिकालीन बस सेवा असार १ गतेबाट, न्यूनतम भाडा २२ रुपैयाँ

 

जेठ ३०, काठमाडौं । सरकारले असार १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ । 

यातायात सुविधा नभएकाले मानिसले रातिको समयमा गर्न सक्ने काम पनि दिनमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै यातायात व्यवस्था विभाग रात्रिकालीन बस सञ्चालमा ल्याउन लागेको हो । 

null

रात्रीकालीन बसको भाडा दिउँसोको समयमा चल्ने सवारीको भन्दा बढी हुनेछ । सरकारले भर्खरै सार्वजनिक गरेको भाडादर अनुसार रात्रीकालीन बसमा यात्रा गर्दा न्यूनतम भाडा २२ रुपैयाँ तिुर्नपर्ने छ । 

दिउँसो भने न्यूनतम १६ रुपैयाँ तिर्नुपर्ने छ । यसअघि १४ रुपैयाँ थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *