डेढ लाख बढी नगदसहित ५ जुवाडे पक्राउ

 

जेठ २८, काभ्रे । काभ्रेबाट डेढ लाख बढी नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । 

विशेष सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोमबार बेलुका ८ बजे छापा मार्ने क्रममा काभ्रे जिल्ला बनेपा नगरपालिका–१ नाला टुकुचाबाट १ लाख ७१ हजार नगदसहित ५ जुवाडेलाई पक्राउ गरेको हो । 

null

पक्राउ पर्नेमा घरधनी योगेन्द्र श्रेष्ठ, सगुन श्रेष्ठ, सचेश श्रेष्ठ, संजय श्रेष्ठ र मुकेश थापा रहेका छन् । 

उनीहरुलाई मंगलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट जुवा तास ऐन को म्याद थप गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपा राखिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *