यौनिक तथा लैङ्गिक अल्पसंख्यकको यात्रामा यस्तो देखियो माइतीघर
असार १४, काठमाडौँ । क्वयेर युवा समूहको आयोजनामा नेपालमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा निस्किएको छ ।
यसअघि गाईजात्राको दिन तेस्रो लिंङ्गीहरुले छुट्टै र्याली निकाल्ने गरेका थिए । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको गौरव यात्रा नेपालमा पहिलो पटक भएको यस समूहका सदस्य रुक्साना कपालीले बताएकी छिन् ।
null
शनिबार आयोजनामा भएको यस गौरव यात्रामा सहभागीले माइतीघर मण्डला देखी बानेश्वरसम्म सप्तरंगी झण्डा फहराई र्याली निकालेका थिए ।
सन् १९६९ को जुन अन्तिमतिर स्टोनवालमा झडप भएको थियो । त्यसपछि एलजिबिटिक्यु प्लस समुदायले विभिन्न परेड र्याली निकालेका थिए । त्यसकै सम्झनामा हरेक वर्ष जुन महिनामा विश्वभर एलजिबिटीक्यु प्लस (लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्सजेन्डर, क्वेयर) समुदायको अधिकार पक्ष र उनीहरुमाथि हुँदै आएको विभेदको विपक्षमा प्राइड परेड हुने गरेको पाईन्छ ।