मोरङमा ३५ ट्राफिक प्रहरीको मात्र दरवन्दी, ८० जना कार्यरत
असार १, विराटनगर । प्रदेश नं. १ को राजधानी र १ महानगरपालिका सहित १७ स्थानीय तह रहेको मोरङ जिल्लामा ३५ जना मात्र ट्राफिक प्रहरीको दरवन्दी रहेको छ ।
सो जिल्लामा १ प्रहरी निरिक्षक सहित, २ प्रहरी नायब निरिक्षक, ३ प्रहरी सहायक निरिक्षक, ६ प्रहरी हल्दार, २२ प्रहरी जवान र १ प्रहरी परिचर सहित कुल ३५ जना मात्र ट्राफिक प्रहरीको दरवन्दी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।
null
हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतमा ८० जना ट्राफिक प्रहरीहरु कार्यरत रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरमा प्रहरी निरिक्षकको कमाण्डमा ३३ जना , ट्राफिक प्रहरी कार्यालय पथरी प्रहरी नायव निरिक्षकको कमाण्डमा ५, ट्राफिक प्रहरी पोष्ट उर्लाबारीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३, ट्राफिक प्रहरी पोष्ट बेलबारीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ४ जना कार्यरत रहेका छन् ।
त्यसैगरी ट्राफिक प्रहरी पोष्ट कर्सियामा ३, ट्राफिक प्रहरी पोष्ट गोठगाउँमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ४, ट्राफिक प्रहरी पोष्ट रंगेलीमान प्रहरी हवल्दारको कमाण्डमा २, ट्राफिक प्रहरी पोष्ट सिजुवामा प्रहरी हवल्दारको कमाण्डमा ३, ट्राफिक प्रहरी पोष्ट हाटखोला विराटनगरमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ४ जना कार्यत रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै ट्राफिक प्रहरी पोष्ट रानीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ५, ट्राफिक प्रहरी पोष्ट नेमुवामा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ३, ट्राफिक प्रहरी पोष्ट पुष्पलाल चोकमा प्रहरी सहायन निरिक्षकको कमाण्डमा २, ट्राफिक प्रहरी पोष्ट लेटाङमा १ प्रहरी जवान, ट्राफिक प्रहरी पोष्ट हरैँचामा प्रहरी सहायक निरिक्षको कमाण्डमा २, ट्राफिक प्रहरी पोष्ट विराटचोकमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ४ र ट्राफिक प्रहरी पोष्ट मधुमल्लामा १ जना प्रहरी जवान जनशत्ति कार्यतर रहेको प्रमुख प्रहरी निरिक्षक पोखरेलले जानकारी दिए । दरवन्दी वाहेकका अन्य ट्राफिक प्रहरीहरु काजमै कार्यरहेको उनले बताए ।
थोरै जनशक्तिले ट्राफिक व्यवस्थापनमा समस्या प्रदेश नं. १ को राजधानी भएसँगै मोरङमा सवारी साधनको चाप अत्याधिक बढेकाले जनशक्ति अभावमा अभावमा ट्राफिक व्यवस्थापनमा समस्या परिरहेको प्रमुख प्रहरी निरिक्षक पोखरेलले गुनासो गरेका छन् । उनले जिललामा ट्राफिक प्रहरीको माग अत्याधिक भएपनि जनशक्ति अभाव भइहेको दावी गरे । प्रमुख प्रहरी निरिक्षक पोखरेलले भने, ‘अहिले राजधानी भएयतासवारी साधनको चाप एकदमै बढेको छ ।
यो औधोगिक क्षेत्र पनि पर्यो । एकदमै चाप छ । बाटो घाटो विग्रिएको अवस्था छ । बनेका पनि चल्न योग्य छैन । पर्किन पनि समस्या छ । जनशक्तिको एकदमै अभमावछ । काजमा राखेर काम भइरहेको छ । ट्राफिकको माग बढी छ । दुर्घटना र जाम निकै हुन्छ । गाडीहरु पास गराउनुपर्ने हुन्छ हामीलाई एकदमै समस्या भइरहेको छ ।’
प्रमुख प्रहरी निरिक्षक पोखरेलले जिल्लााका सवै चोकहरुमा ट्राफिकको माग रहेपनी जनशक्ति अभावले खटाउन नसकिएको बताए । उनले चाहँदा चाहँदै पनि जनशक्तिकै अभावमा ट्राफिक व्यवस्थापन सन्तोष जनक हुन नसकेको स्वीकार गरे ।