आमाको घर जलाउने छोरा पक्राउ
मकालु खबर
२०७६ असार ६ गते
असार ५, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका १ मा बिहिबार दिउँसो आफ्नै आमा बस्ने घर माईला छोराले जलाउँदा २० लाखको क्षती भएको छ ।
घरयासी रिसइवीका कारण आमा कुन्तादेवी घिमिरेको घर माईला छोरा माधव घिमिरेले जलाउँदा २० लाख बाराबरको धनसम्पत्ती क्षती भएको हो ।
null
टिनको छना लगाएको माटोले बनेको उक्त एकतले घरमा उनको आमासँगै दाजु भाउजु पनि सँगै बस्दै आईरहेका थिए ।
घर आगलागी भएपछी नगरपालिकाबाट गएको दमकलले अगलागी नियन्त्रणमा लिएको हो । उक्त घटनामा मानवीय क्षती भने नभएको सैनामैना प्रहरी चौकी ले जनाएको छ ।
प्रहरीका अनुसार हाल घर जलाउने माधवलाई पक्राउ गरी आवश्यक छानबिन भईरहेको छ ।
मकालु खबर
२०७६ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित