जनतालाई गरिब बनाउने राजतन्त्र फेरि किन चाहियो ?

 

जेठ २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही पनि युवा भोको बस्नु नपर्ने तथा रोजगारीका लागि विदेश जानु नपर्ने दाबी गरेका छन् । 

शुक्रबार भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘सरकारले युवाहरूलाई देशभित्रै रोजगारीका अवसरहरू ल्याएको छ । अब बाध्यताले काम खोज्दै कोही पनि युवा विदेश जानु पर्दैन । कोही पनि युवा भोकै मर्नु पर्दैन ।’ बेरोजगार युवाहरूलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेकाले यसलाई प्रभावकारी कार्यान्वयमा जोड दिने उनले बताए।  

यस्तै उनले राजतन्त्र फेरि चाहियो भन्नेहरुलाई ‘मूर्ख’ को संज्ञा दिए । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति संकेत गर्दै उनले भने, ‘राजतन्त्र फर्काउन चाहनेहरुलाई देखेरे दुःख लाग्छ। २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिब बनाउने राजतन्त्र फेरि किन चाहियो ?’ भन्दै प्रश्न गरे । 

राष्ट्रनिर्माणको अभियानलाई अल्मलाउने र भड्काउनतिर लागि परेको भन्दै प्रम ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई तथा कथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न पनि चेतावनी दिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *