मोरङमा सवारी दुर्घटनाबाट १० महिनामा ७८ जनाको मृत्यू, ७ सय ३३ घाइते

 

जेठ २७, विराटनगर । चालु आर्थिक वर्षको १० महिनामा मात्र मोरङमा सवारी दुर्घटनाबाट ७८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि वैशाख महिना भित्रमा मात्र विभिन्न ५ सय ९३ सवारीका साधन दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको हो । 

जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांक अनुसार सो आवधिमा ५२ वटा ट्रक, ५२ सार्वजनिक बस, जिप तथा कार ७०, ट्याक्टर ३१, टेम्पु ३६, मोटरसाइकल ३ सय ८, शारिरिक शक्तिबाट चल्ने ४२ र अन्य २ वटा सवारी साधन दुर्घटना हुँदा ७८ जनाको मृत्यू, २ सय १२ जना गम्भिर घाइते र ५ सय २१ जना सामान्य घाइते भएका हुन् । 

null

यस्तो छ मासिक दुर्घटना विवरण, सबैभन्दा बढी मोटरसाईकल दुर्घटना 

चालु आर्थिक वर्षको साउन महिनामा मात्र ५८ वटा सवारी दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने २८ जना गम्भिर र ६७ जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांक अनुसार भदौ महिनामा ६५ वटा सवारी साधन दुर्घटना भएकोमा ६ जनाको मृत्यु, २७ जना गम्भिर घाइते र ५५ जना सामान्य घाइते भएका छन् । 

त्यसैगरी असोजमा ५२ वटा सवारी दुर्घटना भएकोमा ८ जनाको मृत्यू, २० जना गम्भिर घाइते र ३७ जना सामान्य घाइते भएका छन् । कात्तिक महिनामा ६० वटा सावारी साधन दुर्घटना हुँदा ९ जनाको मृत्यू, २२ जना गम्भिर घाइते र ७५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ । 

कार्यालयका अनुसार चालु आर्थिक वर्षकै मंसिर महिनामा ७४ वटा सवारी साधन दुर्घटना भएका छन् । उक्त सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ भने २० जना गम्भिर घाइते र ७५ जना सामान्य घाइते भएका छन् । 

त्यस्तै पुस महिनामा ५२ वटा सवारी साधन दुर्घटना हुँदा ७ जनाको मृत्यू, १३ जना गम्भिर र २८ जना सामान्य घाइते भएका छन् । माघमा ५७ वटा सवारी साधन दुर्घटना भएकोमा ७ जनाको मृत्यू, १२ जना शक्त घाइते र ३६ जना सामान्य घाइते भएका छन् । 

त्यसैगरी फागुन महिनामा ४७ वटा सवारीका साधन दुर्घटना भएका छन् । उक्त दुर्घटनामा ७ जनाको मृत्यू, १९ जना गम्भिर घाइते र ४६ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ । 

चालु आर्थिक वर्षकै चैत महिनामा ६३ वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यू, ३५ जना गम्भिर घाइते र ५७ जना सामान्य घाइते भएको जनाइएको छ । वैशाख महिनामा मात्र पनि ६५ वटा दुर्घटना भएका छन् । जसमा १० जनाको ज्यान गएको छ भने १६ जना गम्भिर घाइते र ४५ जना सामान्य घाइते भएको तथ्यांकमा उल्लेख छ । 

चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा भएका ५ सय ९३ सवारी दुर्घटनामा सवै भन्दा बढी ३ सय ८ वटा मोटरसाईकल दुर्घटना भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जिल्लाम सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि विभिन्न गतिविधि सञ्चालन गरिएको जनाकारी दिए । उनले दुर्घटना न्यूनिकरण गर्न होडिङ बोर्डहरु ठाउँ ठाउँमा राखिएको, जेब्रा क्रसिङ निर्माण, चेक जाँचमा तिब्रता, चालक तथा सहचालकलाई प्रशिक्षण, मापसे जाँच, जनचेतनामुलक लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताए । 

उनले भने ‘जबसम्म आफैँ सचेत भएर सवारी साधन चलाईँदैन तबसम्म दुर्घटना कम हुन गाह्रो छ । हामीले आफ्नो तर्फबाट गर्ने कामहरु गरिरहेकै छौँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *