पत्रकारलाई धम्कीः ‘तेरो नाकको हड्डी भाँचेर मात्र मलाई सन्तोष हुन्छ’
जेठ २१, काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारलाई धम्की दिएका छन् ।
केही दिनअघि मात्रै वडा सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका मेयर चौधरीले इटहरीकै पत्रकार विराट अनुपमलाई फोनबाट ‘नाकको हड्डी भाँच्ने’ धम्की दिएका हुन् ।
null
उनले अनुपसँगको फोनमा भनेका छन्, ‘तिमीले के लेख्न बाँकी राख्या छौ ? तिम्रो नाकको हड्डी भाँच्नका लागि मात्रै मैँले १ करोड छुट्टयाएको छु । तिम्रो नाकको हड्डी भाँच्नलाई मैँले एउटा घडेरी छुट्टयाएको छु । तिम्रो नाकको हड्डी मात्र भाँच्न बाँकी छ कि, अब म गुण्डागर्दीमै उत्रिएँ । तेरो नाकको हड्डी भाँचेर मात्र अनि मलाई सन्तोष हुन्छ भाई !’
उनले पत्रकार अनुपमको फेसबुक स्टाटसमा ‘चाटुकार पत्रकार’, ‘अब तिम्रो पालो’ लेख्दै कमेन्ट गरेका थिए । त्यसपछि अनुपमले फोन गरी किन त्यस्तो कमेन्ट गर्नुभएको भन्दा मेयर चौधरीले उक्त धम्की दिएका हुन् ।
यसअघि पनि उनले पत्रकारलाई दुव्र्यवहार गर्दै लोपारेका थिए । सीएफएल बल्ब खरिदमा भ्रष्टाचार गरेको भन्दै वडा नम्बर १९ का सचिव मनोज दाहाललाई कुटपिट गरेका मेयर चौधरीले सोही घटनाको रिपोर्टिङमा गएका पत्रकारलाई दुव्र्यवहार गरेका हुन् ।
वडासचिव दाहालका अनुसार उनी कार्यकक्षमा पुग्नासाथ मेयर चौधरीले कर्मचारीलाई सीसी क्यामरा बन्द गर्न लगाएर कुटपिट गरेका थिए । कुटपिटबाट दाहालको आँखामा चोट लागेको थियो ।
उपमहानगरले डेढ वर्षअघि खरिद गरेको सीएफएल बल्बमा २० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । सीएफएल खरिदका बेला जिन्सी शाखामा दाहाल प्रमुख थिए। कार्यकक्षमा वडा सचिवलाई दुर्व्यवहार गरेको भन्दै उपमहानगरका कर्मचारीहरूले कार्यालय परिसरमा नाराबाजी गरेका थिए।