सबै प्रदेशको वार्षिक बजेट आज, कसको कति ?

 

असार १, काठमाडौं । संघीय संरचना अनुसार देशका सात वटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष ०७६/७७ को बजेट सार्वजनिक गर्दैछन् । 

प्रदेश १ सरकारले करिब ४२ अर्बको बजेट प्रस्तुत गर्दैछ भने प्रदेश २ को करिब ३५ अर्ब, प्रदेश ३ को ४८ देखि ५० अर्ब, गण्डकी प्रदेशको ३२ अर्ब, प्रदेश ५ को करिब ३४ अर्ब, कर्णाली प्रदेशको ३३ अर्ब र सुदूरपश्चिमको २९ अर्ब हुने बताइएको छ । 

null

बजेटका लागि सात वटै प्रदेश सरकार छलफलमा जुटेको छ ।  

प्रदेश सरकारहरुले कृषि, पर्यटन, ऊर्जा, उद्योग, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतलाई प्राथमिकतामा राखेका छन् । 

प्रदेश १ सरकारले झापाको केचनकवलदेखि सगरमाथाको बेस क्याम्पसम्म सडक, धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङमार्ग सहितका ठूला योजनासहित जिल्ला जिल्लाका सडक र पर्यटकीय क्षेत्रको बिस्तारलाई ध्यान दिएर बजेट ल्याउने तयारी गरेको छ भने प्रदेश २ को प्राथमिकतामा ‘बेटी पढाउँ बेटी बचाउँ’ अभियान, स्वच्छता सबै नागरिकलाई स्वास्थ्य र शिक्षाको पहुँचमा ल्याउने, स्थानीय सडकको स्तरोन्नति लगायतका कार्यक्रम परेको छ । 

त्यस्तै प्रदेश ३ सरकारले भिमफेदी– काठमाडौं सुरुङमार्ग, पुष्पलाल चक्रपथ निर्माण, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी सडक निर्माण लगायतलाई बजेटको प्रथमिकतामा राखेको छ । 

गण्डकी प्रदेशले भने उपल्लो मुस्ताङ र मनाङमा चलचित्र केन्द्र बनाउने, हरेकको घरघरमा बिजुली, आन्तरिक पर्यटन बर्ष घोषणा, खानेपानीको पहुँच, हरेक गाउँपालिकालाई प्रदेश राजधानी पोखरासँग जोड्ने तथा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिने तयारी गरेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले भने कृषिलाई विशेष प्राथमिकतामा राखेर तीन वर्षभित्र कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन लागेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *