व्यास एफएममा आगलागी हुँदा १० लाखको क्षती
असार १४, काठमाडौँ । तनहुँको दमौलिमा रहेको व्यास एफएम ९२ मेगाहर्जको ब्यास ५ मानुङकोटस्थित प्रशारण केन्द्रमा आगलागी हुँदा १० लाख रुपैयाँ भन्दा बढी क्षती भएको छ ।
आगलागीबाट रेडियोको प्रशारण सामग्रीहरु ट्रान्समिटर, युपीएस, ब्याट्रि, सोलर चार्जर, एसटीएल लिंक, वायरलेस डिवाइस लगायतका सामान जलेर नष्ट भइ १० लाख रुपैयाँ भन्दा बढीको क्षती भएको हो ।
null
अल ओभर मिडिया नेटवर्क प्रालिद्वारा संचालित व्यास एफएम के कारणले आगलागी भएको कारण खुल्न सकेको छैन ।
साउण्ड अपलिंकमा समस्या आएपछी मर्मतका लागि जाँदा आगलागीबाट प्रसारण सामग्रीहरू जलेर नष्ट भएको थाहा पाइएको एफएमका अध्यक्ष सागर गिरीले जानकारी जानकारी दिए ।
प्रसारण सामाग्रीहरु जलेर नष्ट भएपछि केही समयका लागि जिल्लाको अर्को रेडियोको ट्रान्सिमिटर प्रयोग गरेर स्टुडियो भएको भवनबाटै कार्यक्रम प्रसारण भईरहेको छ ।