सनराइज बैंक लिमिटेडको मुलपानीमा शाखा विस्तार

 

जेठ २४, काठमाडाैँ ।  आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा काठमाडौं स्थित मुलपानीमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । 

बुधबार आयोजित औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्ण हरि थापा र सनराइज बैंकका संचालक समितिका सदस्य  ई.बच्छराज तातेडले संयुक्त रूपमा उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारी लगायत बैंकका पदाधिकारीहररूको उपस्थिति रहेको थियो ।  

null

यो समेत गरी बैंकको शाखा संख्या १०७ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरू विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजना बनाएकाे छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *